०१ बैशाख २०७७, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
सदस्य श्रेष्ठले सोमबार (आज) आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् राष्ट्रिय सभाबाट प्राप्त एक वर्षको पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने बताएका हुन् ।
हामी अहिले कोभिड-१९ र उत्पन्न सँकटको सामना गरिरहेका छौं।यसबेला एकताबध्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ।
यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्दृत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।
— NKShresthaPrakash (@nksthaprakash) April 13, 2020
|तस्वीरमा प्रवक्ता श्रेष्ठ। फाइल तस्वीर|