नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्दा सिराहाको सीमा क्षेत्रमा झडप



०१ बैशाख २०७७, काठमाडौं

सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्ने क्रममा सप्तरीको नेपाल-भारत सीमा क्षेत्रमा झडप भएको छ ।

झडपका क्रममा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका एक जवान घाइते भएका छन् । सिरहा नगरपालिका–१९ सोहर्वास्थित नाकाबाट सोमबार (आज) बिहान १ जना भारतीय नागरिक हातमा ल्याक्टोजिन दूध बोकेर नेपाल प्रवेश गर्न खोजेका बताइएको छ ।

सशस्त्र प्रहरीले उनलाई नेपाल प्रवेश गर्न नदिइ भारततर्फ फिर्ता पठाएको थियो । उनी फिर्ता भएको केही समयमै करिब २० जनाको समूहमा आएका भारतीय नागरिकले सीमा क्षेत्रबाट २ मिटर नेपालतर्फ प्रवेश गरी सुरक्षाकर्मीको टोलीमाथि ढुङ्गामुढा  प्रहार गरेका थिए ।

उनीहरुले प्रहार गरेको ढुङ्गामुढा लागेर सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका जवान राजनकुमार चौधरी सख्त घाइते भएका सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रविन कँडेलले बताए ।

उनका अनुसार सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्ने एक भारतीयलाई नियन्त्रणमा लिइएको छ ।

|प्रतिकात्मक तस्वीर|

प्रतिक्रिया दिनुहोस्