अमेरिकामा स्थिति भयावह, बढ्दै दैनिक मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



०२ वैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २३ हजार ६१० पुगेको छ ।

एकैदिन २६ हजार ७७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय बढी पुगेको छ । संक्रमितमध्ये १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको छ भने ३६ हजार २१८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्