मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन्’ लम्ब्याउने तयारी



०२ बैशाख २०७७, काठमाडौं

मंगलबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ । ‘लकडाउन्’बारे निर्णय लिन बैठक बस्न लागेको हो । कोभिड १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउनका लागि ‘लकडाउन्’को समय लम्ब्याउने तयारी सरकारले गरेको हो ।

दोश्रो पटक थपिएको ‘लकडाउन्’को समयावधि बुधबार (भोलि) सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले ‘लकडाउन्’ एक साता लम्ब्याउन लागिएको स्रोतले जनाएको छ ।

विश्वभर महामारीका रुपमा कोरोना संक्रमण फैलिँदै जाँदा सरकारले गत वर्षको ११ चैत्रको बिहान ६ बजेदेखि साताव्यापी ‘लकडाउन्’को घोषणा गरेको थियो ।

|तस्वीरमा सामाजिक दूरी कायमसहितको बैठक। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्