कोरोनाबाट मृत डाक्टरको अन्तिम संस्कारमा भएको अवरोधप्रति इजिप्टका प्रधानमन्त्रीले मागे माफी



०१ बैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) को संक्रमणपछि निधन भएका डाक्टरको अन्तिम संस्कार गर्न स्थानीय बासिन्दाले नदिएकोप्रति इजिप्टका प्रधानमन्त्रीले माफी मागेका छन् ।

कोरोनाको संक्रमणबाट निधन भएका डाक्टरको शव स्थानीय बासिन्दाले आफ्नो क्षेत्रमा रहेको चिहान गाड्न दिएका थिएनन् । उक्त घटना निकै लाजमर्दो कुरा रहेको प्रधानमन्त्री मोस्तफा माड्बोउलीले बताएका छन् ।

उनले मृतक डा. सोनिया अब्देलाजिमका श्रीमान्लाई फोन गरेर इजिप्टका नागरिकको तर्फबाट माफी मागेका हुन् । ६४ वर्षकी चिकित्सकको गएको शुक्रबार कोरोना भाइरसको संक्रमणपछि निधन भएको थियो ।

शुब्रा एल–बाहोउका बासिन्दाले आफ्नो क्षेत्रमा शव गाड्दा संक्रमण फैलिने भन्दै अवरोध गरेका थिए । घटनामा संलग्न भएको अभियोगमा २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्