शाहरुखको अर्को सहयोग : महाराष्टलाई दिए २५ हजार पीपीई



०२ बैशाख २०७७, काठमाडौँ

कोरोना भाइरस को संक्रमण भारतमा दिनानुदिन बढ्दो क्रममा छ । डाक्टर, नर्स लगायत अन्य सुरक्षाकर्मीहरु दिनरात आफ्नो ख्याल नगरी बिरामीको सेवामा लागिपरेका छन् ।

यसैबिच बलिउड अभिनेता शाहरुख खानले महाराष्ट्रको फ्रन्टलाइन मेडिकल स्टारको सुरक्षाका लागि २५ हजार पीपीई किट दिएका छन् ।

यसको जानकारी महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्वीट गरेर दिएका हुन् । उनले भनेका छन्, ‘यो हेल्थकेयर वर्कर्सका लागि सहयोगी हुनेछ ।’

यसअघि पनि शाहरुखले कोरोनाबाट प्रभावित व्यक्तिहरुको लागि सहयोग गरेका थिए । उनले आफ्नो अफिस रहेको घर कोरोनाबाट समस्यामा परेकाहरुको लागि बस्नको लागि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्