‘कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा घातक’



०२ बैशाख २०७७, काठमाडौं

विश्व स्वास्थ्य संगठनका अनुसार कोेभिड १९ (कोरोना भाइरस) स्वाइन फ्लूभन्दा १० गुणा घातक हुने पुष्टि भएको छ ।

सन् २००९ को जनवरीदेखि २०१० को अगस्टसम्म महामारीको रुपमा फैलिएको स्वाइन फ्लूबाट १६ लाख संक्रमित भएका थिए । जसका कारण १८ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो ।

हालै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम घेब्रेससले कोरोना भाइरसको क्षति स्वाइन फ्लूबाट भएको क्षतिलाई धेरै भइसकेको बताए । ‘हामीलाई जे थाहा छ त्यो मात्रै भन्न सक्छौँ, हामीलाई जे थाहा छ त्यही मात्रै गर्न सक्छौँ, तर विभिन्न देशबाट प्राप्त प्रमाणले यसले यो कसरी फैलन्छ र कस्तो असर गर्छ भन्ने प्रष्ट चित्र आइसकेको छ,’ टेड्रोसले भने ।

उनले अघि थपेका छन्, ‘कोभिड १९ तीव्र रुपमा फैलन्छ र हामीलाई थाहा छ यो घातक छ, यति घातक कि, २००९ को स्वाइन फ्लू महामारीभन्दा १० गुणा बढी ।’

कोरोना भाइरसका कारण विश्वभर १८ लाख ३५ हजार भन्दा धेरै संक्रमित भएका छन् । यस्तै १ लाख १३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

चीनको वुहान सहरबाट सुरु भएको कोभिड १९ पछिल्लो समय अमेरिका र युरोपका कतिपय देशमा तीव्र रुपमा फैलिएको छ । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्