नेपालमा कोरोना : संक्रमितको संख्या १६ पुग्यो



०२ बैशाख २०७७, काठमाडौं

नेपालमा कोभिड १९ (कोरोना भाइरस) संक्रमितको संख्या १६ पुगेको छ ।

मंगलबार (आज) स्वास्थ्य तथा जनसंख्याम मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या १६ पुगेको हो ।

“कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका दुई जना (५८ वर्षीया पुरुष, ८१ वर्षीया महिला)मा कोरोना पोजेटिभ देखिएकोले पिसिआरबाट थप परीक्षण गर्दासमेत ‘पोजेटिभ’ रिपोर्ट देखिएको छ ।” मन्त्रालयको आधिकारिक फेसबूक पेजमा उल्लेख गरिएको छ ।

उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनाको परीक्षण गरिएको थियो । तीन जनामध्ये बाँकी १ जनाको पहिलो परीक्षणमा कोरोना ‘पोजेटिभ’ नदेखिएको समेत मन्त्रालयले बताएको छ ।

यसअघि पनि १४ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एकजनाले स्वास्थ्यलाभ लिइसकेका छन् भने, अन्यको नेपालका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्