अत्याधिक गाली खाएपछि फ्यानलाई रीमाको प्रश्न- ‘यति धेरै घृणा किन’ ?



०२ बैशाख २०७६, काठमाडौँ

लकडाउनमा कालो चिया बनाउन सिके भनेपछि नायिका रीमा विश्वकर्मा निकै विवादमा आइन् । उनलाई धेरै फ्यानले अहिलेसम्म चिया समेत बनाउन नजानेको भन्दै गाली गरेका थिए ।

त्यसपछि रीमाले स्टाटस लेख्दै यति सानो कुरालाई लिएर आफूलाई गाली नगर्न सबैलाई आग्रह गरेकी थिइन् । तर त्यहि चिया बनाउन सिकेको कुरालाई उठाएर एक व्यक्तिले रीमालाई अपशब्द प्रयोग गरेर गाली गरे । रीमाले आज आफ्नो इन्ष्टाग्रामको स्टोरीमा उक्त व्यक्तिको कमेन्ट राख्दै यति धेरै घृणा किन ? भनेकी छिन् ।

रीमालाई पक्कै पनि अपशब्द प्रयोग गरेर गाली गरेकोले चित्त दुखेको छ । जसका कारण उनले कमेन्ट स्टोरीमा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्