कोरोना आतंकले थपिदै संक्रमित, बढ्दै मृत्यु, श्मशान बन्दै विश्व (अपडेट)



०३ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख २६ हजार ५३८ पुगेको छ । त्यस्तै संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीर छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ७३ हजार ३२ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ९२० जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २५ हजार ९८९ पुगेको छ । त्यस्तै एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ । संक्रमितमध्ये ३८ जार ७२१ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४९९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार २५५ पुगेको छ । त्यस्तै एकैदिन ३ हजार ९६१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७४ हजार ६० पुगेको छ । संक्रमितमध्ये ६७ हजार ५०४ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६०२ जनाले ज्यान गुमाएसँगै  ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । त्यस्तै एकैदिन २ हजार ९७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४८८ पुगेको छ । संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् । ३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ७७८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको छ । त्यस्तै एकै दिन ७७८ जना संक्रमित देखिएसँगै संक्रमितको संख्या ९३ हजार ८७३ पुगको छ । संक्रमितमध्ये ३४४ जना उपचारपछि निको भएका छन् । १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ७६२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ७२९ पुगेको छ । एकै दिन ६ हजार ५२४ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ३०३ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये २८ हजार ८०५ जना उपचारपछि निको भएका छन् भने ६ हजार ७३० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्