‘सनसिटीमा कोरोना संक्रमणले त्रसित बनाएको छ’ : शिव परियार



०३ बैशाख २०७७, काठमाडौँ

पेप्सीकोलाको सनसिटी अर्पाटमेन्टमा केहीदिन अघि एउटै परिवारसको २ जनालाई कोरोना संक्रमण देखिएको छ । अहिले सनसिटीमा बस्ने १५ सय मानिस निकै त्रासमा रहेका छन् ।

यस्तै सनसिटीबाट करिब ७० फिटको दुरीमा बस्ने गायक शिव परियारले आफूलाई पनि अब निकै डर लाग्न थालेको बताएका छन् । शिवले सनसिटी आफ्नो घरबाट नजिकै भएकाले डराउनु पर्ने अवस्था भएको बताएका छन् ।

उनले भने, “मेरो टोल निलगिरी हो । यहाँबाट ७० फिटको दूरीमा छ सन सिटी । तर त्यहाँ बस्ने परिवार जसलाई कोरोना पुष्टि भयो, उनीहरु चेत्र ५ गते वेलायतबाट नेपाल आएका हुन । उनीहरुले त्यहाँ दैनिक उपभोग्य स्थान तथा वरिपरी एटीएम प्रयोग गरे । उनीहरुको आन्तरिक चुनाव पनि भयो । यसले कतिमा कोरोना सर्यो भन्ने लेखाजोखा नै भएको छैन ।”

उनले भने, “पहिला त संगीत साधना गर्थे, बस्थे तर अहिले यो कोरोनाको पुष्टि भएपछि दिमाग नै घुमेको जस्तो भएको छ । के गर्ने गर्ने । सबैले यही कुरा गर्छन् । माहोलनै बिग्रिएको जस्तो लाग्छ ।”

प्रतिक्रिया दिनुहोस्