०३ बैशाख २०७७, काठमाडौँ
कोरोनाको त्रास दिनप्रतिदिन बढ्दै गएकाले देशलाई लकडाउन गरिएको छ । लकडाउन भएको आज २२ दिन भैसकेको छ । तर कोरोनाको त्रास घट्नुको सट्टा अझै बढ्दै गएकाले सरकारले अझै केहीसमय लकडाउन गर्ने सोच बनाइरहेको छ ।
यसैबिच घर बस्दा बस्दा मानिसहरुले आफूलाई एक्लो महशुस गर्नु सामान्य नै हो । अभिनेता आकाश श्रेष्ठले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले एक्लो महशुस गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘त्यो समय जब तपाई आफूलाई एक्लो महसुश गर्नुहुन्छ, उक्त समयमा तपाइलाई आफ्नै आवश्यकता धेरै पर्दछ ।’
आकाशले यो कुरा उल्लेख किन गरे यो उनलाई नै थाहा होला । तर, लक डाउनका कारण एक्लै हुँदा मानिसले आफूलाई नै बढी साथ दिनुपर्छ भन्ने आशय आकाशको छ ।