०३ बैशाख २०७७, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको पहिलो डिजिटल बैठक नयाँ बर्ष २०७७ को पहिलो दिन सम्पन्न भएको छ ।
फरकफरक जिल्लामा रहेका नेकपाका नेताहरुले जुम प्रविधिको प्रयोग गरी करिब ४ घण्टा लामो छलफल गरी १६ ओटा निर्णयहरु गरेको प्रदेश कमिटीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा बागमतीका अध्यक्ष नारायण दाहालको अध्यक्षता, प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता र सचिव आनन्द पोखरेलको संचालनमा बसेको डिजिटल बैठकमा प्रदेश सह–इन्चार्जहरु, जिल्ला अध्यक्षहरुको सहभागीता रहेको थियो ।
नेकपा बागमती प्रदेश संगठन कमिटीका पदाधिकारीहरुको डिजिटल बैठकका निर्णयहरु :