०३ वैशाख २०७७, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी ‘लकडाउन्’को समयलाई पारिवारिक मेलमिलापका रुपमा लिन आग्रह गरेको छ ।
नियमित रुपमा आयोजना हुने प्रेस ब्रिफिङ्गमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारद्वारा निर्देशित जारी ‘लकडाउन्’को समयलाई पारिवारिक मेलमिलापका रुपमा लिन आग्रह गरेका हुन् ।
“मुलुकभर लकडाउन् छ । यहाँहरुले ‘लकडाउन्’लाई अझै मर्यादित भएर पालना गरिदिनुहुन अनुरोध छ ।” प्रवक्ता देवकोटाले भने, ‘यसलाई दिक्दारीभन्दा पनि पारिवारिक मेलमिलापका रुपमा लिनु होला ।’
यस्तै प्रवक्ता देवकोटाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन पनि अनुरोध गरे ।
|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|