०३ बैशाख २०७७, काठमाडौँ
चर्चित कलाकार दिपकराज गिरी यतिबेला लकडाउनका कारण परिवारसँग समय बिताइरहेका छन् । उनी आफ्नो समय सामाजिक सञ्जालमा बिताइरहेका छन् । कहिले टिकटकमा भिडियो हालिरहेका हुन्छन् त कहिले फेसबुकमा स्टाटस लेखिरहेका हुन्छन् ।
भर्खरै पनि उनले सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन् । उनले पहिले आफू मानिसले नचिनुन् भनेर मास्क लगाउने गरेको तर अहिले कोरोनाले नचिनोस् भनेर मास्क लगाउने गरेको बताएका छन् । साथै उनले बाघ, भालुसँग डरलाग्ने दिपकलाई आजभोली मानिससँग नै डर लाग्न थालेको पनि बताएका छन् ।
कोरोनाबाट प्रभावित व्यक्तिहरुलाई सहयोग गरेन भन्दै केहीसमय अघि दिपक लगायत अन्य कलाकारलाई सामाजिक सञ्जालमा आलोचित गरिएको थियो । तर दिपकसँगै उनको टिमले चलचित्रका प्राविधिकको लागि १ लाख सहयोग गरेपछि अहिले उनको आलोचना गर्ने व्यक्तिले नै उनको तारिफ गरिरहेका छन् ।