०३ बैशाख २०७७, काठमाडौँ
यतिबेला कोरोना भाइरस को त्रास विश्वभर नै रहेको छ । अहिलेको समयमा कोरोना भाइरस को संक्रमण अमेरिकामा सबैभन्दा धेरै देखिएको छ । साथै हालसम्म कोरोनाका कारणले अमेरिकामै धेरै मानिसको ज्यान गएको छ ।
यस्तै विगत केही समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री तथा फुटबल खेलाडी सिपोरा गुरुङले आफू अमेरिकामा असुरक्षित महशुस गरिरहेको बताएकी छिन् । सिपोराले नयाँ बर्षको शुभकामना दिदैँ आफूलाई डर लाग्न थालेको बताएकी छिन् ।
उनले भनिन्, ‘आफु शक्तिसाली देशमा भएर पनि असुरक्षित अनुभूति गर्नु आफैंमा बिडम्बना हो ।’ ‘कोरोनाले नदुखेको ठाउँ संसारमा सायदै होला ।’