कोरोनासँगको महायुद्धमा मृत्युको देश बन्यो अमेरिका, झन् बढ्दै दैनिक मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



०४ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७० जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २८ हजार ५ सय १५ पुगेको छ ।

एकैदिन ३० हजार १ सय ४२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार २५ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७८ जनाको अवस्था गम्भीर रहेको छ भने ४८ जार ६ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्