छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै मृत्यु, पछिल्लो २४ घण्टाको अपडेट



०४ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।

एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ । त्यस्तै संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका छन् भने १० हजार ४४० जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्