फ्रान्समा पछिल्लो २४ घण्टामा  हिजोको तुलनामा झण्डै दोब्बरको मृत्यु



०४ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिए पनि अझै यूरोपियन मुलुकहरुमा महामारी तिब्र रुपमा बढ्दै छ । त्यस्तै फ्रान्समा पनि यसको संक्रमण र मृत्यु  तीव्र देखिएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार १६७ पुगेको छ । फ्रान्समा हिजोको तुलनामा आजको मृत्यु  झण्डै दोब्बर हो । हिजो ७६२ जनाले ज्यान गुमाएका थिए ।

एकै दिन ४ हजार ५६० जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ४७ हजार ८६३ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ३० हजार ९९५ जना उपचारपछि निको भएका छन् भने ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्