०४ बैशाख २०७७, काठमाडौँ
बलिउड अभिनेता सलमान खानले बेला बेलामा सामाजिक सञ्जालमा विभिन्न भिडियोहरु पोष्ट गरिरहेका हुन्छन् । लकडाउनका कारण उनीपनि क्वारेन्टाइनमा रहेका छन् । तर सलमानले बेला बेलामा सन्देशमूलक भिडियोहरु सार्वजनिक गरिरहेका हुन्छन् ।
साथै उनले कोरोनाबाट प्रभावित मजदुरहरुको सहयोग पनि गरिरहेका छन् । यस्तै हालैमात्र सार्वजनिक भएको एक भिडियोमा भने उनी निकै रिसाएका छन् । सलमान लकडाउनको समयमा सरकारको निर्णयलाई नमानेर बाहिर निस्कनेहरु प्रति रिसाएका हुन् ।
सलमानले, डाक्टर र प्रहरीमाथि ढुंगा हान्नेहरुलाई चेतावनी दिदैँ आफू र परिवारको जीवन खतरामा नपार्न पनि भनेका छन् ।
सलमानले भनेका छन्–‘सरकारले दिएको आदेश कडा रुपमा पालना गरेर चीन खराब समयबाट बाहिर आइसकेको छ । भारतमा भने केही यस्ता मान्छेहरुका कारण भाइरस दिनानुदिन बढिरहेको छ । आफू र परिवारलाई एकसाथ देख्न चाहनुहुन्छ भने घर भित्रै बस्नुहोस् ।’