०४ बैशाख २०७७, काठमाडौँ
अहिले लकडाउनका कारण सबैजना आफ्नो परिवारसँग समय बिताइरहेका छन् । कोही खाना बनाउन सिक्दैछन्, कोही पुस्तक पढ्दैछन् त कोही चलचित्र हेरेर आफ्नो समय बिताइरहेका छन् ।
यस्तै निर्माता चलचित्र चपली हाईट ३ का निर्माता अर्जुन कुमार भने आफ्नो समय पेन्टिङ गरेर बिताइरहेका छन् । सायद कमैलाई मात्र थाहा होला । तर निर्माता हुनुभन्दा अगाडी उनी आफ्नो गुजारा पेन्टिङ बनाएर नै चलाइरहेका थिए ।
उनले सामाजिक सञ्जालमा आफूले बनाएको पेन्टिङ सेयर गरेका छन् । अर्जुनले तयार पारेका पेन्टिङले के भन्न खोजेका होलान् त रु उनी भन्छन्– ‘यो दुनियाँ रंगिन छ । धेरै मानिस जीवन कटाउन मै खर्च गर्छन् । जीवन कटाउने हो, जीउने हो । मैले यही भन्न खोजिरहेको छु ।’