अमेरिकाले असहयोग गर्देम विश्व स्वास्थ्य संगठन थला पर्दैन : राष्ट्र संघका पूर्व उपमहासचिव गौतम



०५ वैशाख २०७७, काठमाडौं

संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव डा. कुलचन्द्र गौतमले अमेरिकाले असहयोग गर्दैमा विश्व स्वास्थ्य संगठन थला नपर्ने बताएका छन् ।

अनलाइन खबरसँगको कुराकानीमा गौतमले संगठन कुनै देशको पनि निजी नभएको बताउँदै अमेरिकाले असहयोग गर्दा कुनै फरक नपर्ने बताएका हुन् ।

“विश्व स्वास्थ्य संगठन न अमेरिकाको हो । न चीनको हो । यो नेपालसहित सबै देशहरुको हो ।” उनले कुराकानीको क्रममा भनेका छन्, ‘कोभिड १९ महामारी नियन्त्रणका लागि यसले जे गर्नुपर्ने हो । उसले गरिरहेको छ । भलै यसको तयारी मैले पर्फेक्ट् पनि भन्दिनँ । किनकी, पर्फेक्सन् केहीमा पनि हुँदैन ।’

यस्तै उनले यो समय संगठनलाई झनै सहयोग बढाउने बेला भएको बताउँदै अमेरिकाले १५ प्रतिशत सहयोग नदिँदैमा केही असर नपर्ने बताए ।

|तस्वीरमा पूर्व उपमहासचिव गौतम। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्