०५ बैशाख २०७७, काठमाडौँ
केही दिनयता सामाजिक सञ्जालमा अभिनेता विराज भट्टले कोरोना पिडितलाई ८ लाख सहयोग गरेको हल्ला चलिरहेको छ । यसबारे विराजले स्पष्टिकरण दिएका छन् ।
विराजले आफूले अहिलेसम्म कोरोना पिडितलाई सहयोग गर्ने घोषणा नगरेको बताएका छन् । उनले यो खबर कहाँबाट फैलिएको आफैलाई थाहा नभएको पनि बताएका छन् ।
लकडाउनपछि परिवारसँग भक्तपुरको बालकोटस्थित रोज भिलेजमा बस्दै आएका अभिनेता भट्टले भने( ‘मैले अहिलेसम्म आर्थिक सहयोगको कुनै घोषणा गरेको छैन । सामाजिक सञ्जालमा मैले ८ लाख दिन लागेको भन्ने हल्ला फैलिएको रहेछ । त्यो हल्ला कसले फैलायो मलाई थाहा भएन । तर, मैले कोरोना रोकथामका लागि अहिलेसम्म आर्थिक सहयोग दिने घोषणा गरेको छैन ।’