ह्यारी दम्पती अमेरिकामा महामारी पीडितलाई खाना बाँड्दै



०५ बैशाख २०७७, काठमाडौँ

बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गरिरहेका छन् । यस्तै ह्यारी दम्पतीले अमेरिकाको लस एन्जल्समा कोरोना पिडितलाई खाना वितरण गरेका छन् ।

एन्जल्समा रहेका गम्भिर बिरामीहरुलाई ह्यारी दम्पतीले खाना वितरण गरेका हुन् । ह्यारी दम्पती क्यानडा हुदैँ अमेरिका पुगेका हुन् । उनीहरु अमेरिका पुग्दासम्म अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्च रुपमा फैलिसकेको थियो ।

ह्यारी दम्पतीले खाना वितरण गरेको अमेरिकाको लस एन्जल्स ह्यारीकी श्रीमतीको जन्मस्थल पनि हो ।

खाना सहयोगपछि स्थानीय पीडितले ह्यारी र उनकी पत्नीको प्रशंसा गरेका छन् । उनीहरुको सामान्य जीवनशैली भएको भन्दै ह्यारीको प्रशंसा गरे । अप्रिल १५ मा ह्यारी र मेघनले कोरोना महामारी विरुद्ध खानाको लागि बेलायतमा ९० हजार युरो अनुदान दिने घोषणा गरेका थिए ।

ह्यारी र मेघन राजदरबारबाट छुटिएर क्यानडामा अलग्गै बस्न थालेपछि परोपकारी काममा आफूलाई व्यस्त बनाउन थालेका छन् । ह्यारी दम्पती एक छोरा आर्चीसहित क्यानडामा रहँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्