यी हुन्, जनजीवन सामान्य बनाउने ट्रम्पका तीन चरणका योजना



०५ वैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशको स्थिति सामान्य बनाउन तीन चरणको योजना अघि सारेका छन् ।

उनले ‘ओपनिङ्ग अप अमेरिका अगेन’ योजनाअन्तर्गत् विद्यालय तथा कार्यालय खोल्न तीन चरणको योजना अघि सारेका हुन् । उनले आफ्नो प्रस्ताव लागूबारे सबै राज्यलाई विचार गर्नसमेत भनेका छन् ।

ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले आफूले अघि सारेका प्रस्तावहरुको जानकारी गराएका हुन् ।

यस्तो छ, उनको प्रस्तावहरुः
प्रस्तावअनुसार पहिलो चरणमा सामाजिक दूरीको नियम लागू गरिनेछ । जसअनुसार विद्यालय तथा कार्यालय बन्द गरिनेछ । यस चरणमा राज्यमा संक्रमणमा कमी आए दोस्रो चरण लागू गर्न सकिनेछ ।

यसअनुसार सीमित संख्याका कर्मचारीको उपस्थितिमा कार्यालय खोल्ने स्वीकृति दिन सकिनेछ । ५० जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुने प्रतिबन्ध भने कायमै रहनेछ ।

तेस्रो चरणमा सबै कार्यालय सामान्य रुपमा खोल्न स्वीकृति दिइनेछ । यस क्रममा अस्पताल र ज्येष्ठ नागरिकका लागि केयर होममा आवतजावतमा रोक लगाइने छैन ।

यस क्रममा संक्रमणको खतरा हुनेहरुलाई सावधानी अपनाउन सल्लाह दिइनेछ । ट्रम्पको योजनाअनुसार मे १ बाट ठूलो संख्यामा मानिस भेला हुन सक्नेछन् ।

यसअघि सबै राज्यका गभर्नरसँग भएको छलफलमा नागरिकमाथि लगाइएको रोक हटाउने निर्णय गभर्नरहरुलाई नै छाड्न ट्रम्प सहमत भएका थिए । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्