०५ बैशाख २०७७, काठमाडौँ
नायिका पूजा शर्माले लकडाउनका कारण काम नभएपछि समस्यामा परेका चलचित्रको प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यान्न सहयोग गरेकी थिइन् । जसका कारण उनको चौतर्फी चर्चा भयो ।
अहिले पूजाले सामाजिक सञ्जालम एक स्टाटस लेखेकी छिन् । उक्त स्टाटसले निकै चर्चा पाइरहेको छ । स्टाटसमा पूजाले कसैको नाम इंकित रहेकी छैनन् । तर उनको स्टाटसबाट उनले कसैमाथि नमज्जाले आक्रोश पोखेको बुझ्न सकिन्छ ।
उनले लेखेकी छिन्, ‘कुकुर जति भुके पनि राजा सिंह नै हुन्छ । केही साना कुकुर भुक्दैमा सिंहले पछाडि फर्किएर हेर्दैन ।’
पूजाको यो आक्रोश किन एकाएक देखियो यो उनले जान्ने कुरा हो । तर, उनले यो स्टाटसको माध्यमबाट आफूलाई चलचित्र क्षेत्रको राजा बताउन खोजेकी छिन् । यतिमात्र होइन, उनले कोही चिल्लाउँदैमा आफूलाई केही फरक नपर्ने पनि संकेत गर्न खोजेकी छिन् ।