उपत्यकाबाहिर जान चाहनेका लागि व्यवस्था गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई बालुवाटार



०५ वैशाख २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ (कोरोना भाइरस) रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिमा सदस्य रहेका मन्त्रीहरुसँग उपत्यका छाड्न चाहनेहरुका लागि आवश्यक व्यवस्था गर्नेबारे छलफल शुरु गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको हो । सयौं किलोमिटर टाढाका जिल्लावासीहरु समेत दिनहुँ काठमाडौंबाट बालबालिकासहित पैदलै जान थालेपछि सरकारले त्यसबारे छलफल शुरु गरेको हो ।

उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सो समितिले यसअघि पनि त्यसबारे छलफल गरे पनि स्पष्ट निर्णय लिन सकेको थिएन । समितिमा गृहमन्त्री, आपूर्ति, अर्थ, परराष्ट्र, स्वास्थ्य, पर्यटन र कृषिमन्त्री सदस्यका रुपमा छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्