लकडाउनका कारण नेपालमै थुनिएकी भुटानी अभिनेत्री उगेनले भनिन्, ‘देश र आफन्तलाई निकै मिस गरिरहेकी छु’



०५ बैशाख २०७७, काठमाडौँ

भुटानकी चर्चित नायिका उगेन छोदेन केहीसमय अघि चलचित्र २ नम्बरी को छायांकनको लागि नेपाल आएकी थिइन् । तर लकडाउनको कारण छायांकन सुरु भएको केही दिनमै २ नम्बरी को छायांकन रोकिएको थियो ।

नेपालमा लकडाउन भएका कारण उगेन यतिबेला नेपालमै थुनिएकी छिन् । विगत १ महिनादेखि उनी ठमेलस्थित तिब्बत होटलमा बसिरहेकी छिन् । उगेनले आफ्नो परिवार, देश र आफन्तलाई निकै सम्झिरहेको बताएकी छिन् ।

हुन पनि आपतको बेलामा परिवारबाट टाढा उनी एक्लै छिन् । लकडाउन खुल्ने बित्तिकै उनी आफ्नो देश फर्कने योजना रहेको सुनाउँछिन् ।

प्रतिक्रिया दिनुहोस्