लकडाउनमा विगत सम्झदैँ राजेशले भने, ‘म पहिलो फिल्मबाट निकालिएको थिए’



०५ बैशाख २०७७, काठमाडौँ

महानायक राजेश हमाल लकडाउनका कारण यतिबेला श्रीमती मधु भट्टराईसँग समय बिताइरहेका छन् ।

यस्तै राजेशले आफ्नो विगत सम्झदैँ फ्यानहरु माझ केही कुरा सेयर गरेका छन् । सबैलाई थाहा नै छ, राजेश हमालको पहिलो चलचित्र युगदेखि युगसम्म हो । तर सुरुमा युगदेखि युगसम्म भन्दा पहिले उनले अर्कै चलचित्र साइन गरेका थिए ।

उक्त चलचित्रको ५ प्रतिशत छायांकन पनि भैसकेको थियो । तर निर्माण टिमले उनले अभिनय गर्न सक्दैनन् भन्दै उनलाई निकालेका थिए ।

राजेशले भने, ‘मैले पहिलो फिल्म छोड्नुपरेको थियो, त्यो फिल्मको ५ प्रतिशत छायांकन भइसकेको थियो, उहाँले त्यतिबेला मैले अभिनय गर्न सक्दिनँ भनेर अनेक बहाना बनाउँदै छोड्न बाध्य पार्नुभयो,’ हमाल भन्छन्, ‘मलाई चलचित्र छोड्न बाध्य पार्ने चाहिँ निर्देशक र प्राविधिकहरु थिए ।’

तर उनले खेलेको पहिलो चलचित्र भने युगदेखि युगसम्म नै साबित भयो । उक्त चलचित्रबाट उनले निकै सफलता पाए । युगदेखि युगसम्म हिट भएपछि राजेशको हातमा चलचित्रको लर्को नै लागेको थियो । उनले धेरै सुपरहिट चलचित्र दिएका छन् । पछिल्लो समयमा भने उनी चलचित्रमा त्यति देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्