कोरोनासँगको महायुद्धमा काहालीलाग्दो बनेको अमेरिकामा, पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च मृत्यु (अपडेट)



०६ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ९८ जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३१ हजार १ सय १७  पुगेको छ ।

एकैदिन ३१ हजार ६ सय २३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ९ हजार १ सय ९३ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ भने ५९ हजार ९ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्