कोरोना आतंकले जर्जर बनेको विश्व, थपिदै संक्रमित, बढ्दै मृत्यु (अपडेट)



०६ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १५ लाख २३ हजार ११९ जनाको उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् भने ८ हजार ६५३ जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ९८ जना बढीले जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३१ हजार १ सय १७  पुगेको छ । एकैदिन ३१ हजार ६ सय २३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ९ हजार १ सय ९३ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७६ जनाको अवस्था गम्भीर रहेको छ भने ५९ हजार ९ सय ८९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६८७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार २ पुगेको छ । त्यस्तै एकैदिन ५ हजार ८९१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ९० हजार ८३९ पुगेको छ । संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा५७५ जनाले ज्यान गुमाएसँगै  ज्यान गुमाउनेको संख्या २२ हजार ७४५ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या १ लाख ७२ हजार ४३४ पुगेको छ । संक्रमितमध्ये ४२ हजार ७२७ जना उपचारपछि निको भएका छन् । २ हजार ८१२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ७६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ६८१ पुगेको छ । अहिलेसम्म फ्रान्समा संक्रमितको संख्या १ लाख ४७ हजार ९६९ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ३४ हजार ४२० जना उपचारपछि निको भएका छन् भने ६ हजार २७ जनाको अवस्था गम्भीर रहेको छ ।

जर्मनमीमा पछिल्लो २४ घण्टामा ३ सय जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ३५२ पुगेको छ । त्यस्तै एकैदिन ३ हजार ६९९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४१ हजार ३९७ पुगेको छ । संक्रमितमध्ये ८३ हजार ११४ उपचारपछि निको भएर फर्केका छन् । ५ हजार १३ जनाको अवस्था गम्भीर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्