कोरोनासँगको महायुद्धमा पछि पर्दै छिमेकी मुलुक भारत, तिब्र रुपमा बढ्दै मृत्यु, (अपडेट)



०६ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४८६ पुगेको छ ।

एकैदिन ९२२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १४ हजार ३५२ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ हजार ४१ जना उपचारपछि निको भएका छन् भने ११ हजार ८२५ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्