कोरोना भाइरसको उपचारमा खटिएका यी दम्पतीको कथा र तस्वीरले रुवायो विश्वलाई



०६ बैशाख २०७७, काठमाडौं

कोरोना भाइरसको महामारीबाट जोगिन लकडाउनमा करोडौं मानिसहरु घरभित्रै बसिरहँदा स्वास्थ्यकर्मीहरु भने चाहेर पनि घरपरिवारसँग बस्न सकिरहेका छैनन् । स्वास्थ्यकर्मीहरु महामारीसँग अस्पतालका शैयामा छटपटाइरहेका विरामीको उपचारमा तल्लिन छन् । घरपरिवार नै नभनिकन विरामीको उपचारमा क्रियाशिल भइरहेका एक स्वास्थ्यकर्मीको जोडीको तस्वीर भने अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकाको फ्लोरिडास्थित टाम्पा जनरल अस्पतालमा कार्यरत मिन्डी ब्रूक र बेन कायेरको जोडीले एक अर्कालाई समाएर आँखामा आँखा जुधाएको तस्वीरले कयौँ मानिसलाई भावुक बनाएको छ । मिन्डी र बेन दुवैलाई बिरामीलाई श्वासप्रश्वासमा सहज हुने ट्युब जोडिदिने कार्यमा खटाइएको छ । उक्त काममा निरन्तर खटिएका उनीहरुले एकअर्कालाई छुन पनि पाउँदैनन् । पाइहाले पनि सुरक्षा उपकरण लगाउनुपर्ने बाध्यता छ ।

कयौं दिनदेखि विरामीको उपचारमा खटिरहेका उनीहरुले कामको बोझकैबीच पीपीईमा नै एकअर्कालाई हेर्दै माया साट्ने प्रयत्न गरेका हुन् । नर्सिङ पढ्दा प्रेममा परेक उनीहरुले पाँच वर्षअघि विवाह गरेका थिए । अहिले दुबै जना विरामीको सेवामा क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्