चीनले कोरोना मृतकको आँकडा लुकायो, अमेरिकामाभन्दा कयौं गुणा बढीको मृत्यु – ट्रम्प



०६ बैशाख २०७७, काठमाडौं

अमेरिकामा कोरोना मृतकको संख्या संसारकै सबैभन्दा धेरै भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको दावी गरेका छन् ।

ट्रम्पले शुक्रबार ट्वीट गर्दै चीनले कोरोना मृतकको आँकडा लुकाइरहेको आरोप लगाएका छन् । उनले चीनमा कोरोना मृतकको  संख्या जति बताइएको छ, वास्तवमा त्यहाँ त्यो भन्दा कयौं गुणा बढी मृत्यु भएको दावी गरेका हुन् ।

यसका साथै,  ट्रम्पले आफू चीनसँग खुशी नरहेको समेत बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका हुन् ।

चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतीबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ । यस्तै ट्रम्पले विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन् । लकडाउनले जनजीवन कष्टकर भएको विरोधमा अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भएपछि ट्रम्पले त्यसमा समर्थन गर्दै लकडाउन खुकुलो पार्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्