भ्याक्सिन नबने मौसमी फ्लू बन्छ, कोरोना भाइरस-अनुसन्धान



०६ वैशाख २०७७, काठमाडौं

दुई महिनाभित्र चीनबाट निस्किएर कोरोना भाइरस संसारभरी फैलिसकेको छ । हालसम्म १ लाख ५४ हजारभन्दा बढीको ज्यान लिइसकेको कोरोना भाइरसको डरले संसारभरीको आधा बढी जनसंख्या घरमा नै बस्न बाध्य छन् ।

तर यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो महामारी कहिले समाप्त हुनेछ ? केही दिनअघि अमेरिकाको कोरोना भाइरस टास्क फोर्सका डा. एन्थोनी फाउचीले कोरोना भाइरस मौसमी रोग बन्नसक्ने पूरा सम्भावना भएको बताए ।

अब यस्तै कुरा साइन्स म्यागजिनमा छापिएको हार्वर्ड युनिभर्सिटीको अनुसन्धानमा सार्वजनिक भएको छ । यो अनुसन्धानमा भनिएको छ, ‘जबसम्म कोरोना भाइरसको कुनै प्रभावकारी उपचार वा भ्याक्सिन भेटिँदैन तबसम्म यो महामारीलाई समाप्त गर्न असम्भव छ ।’

अनुसन्धानमा बताइए अनुसार भ्याक्सिन वा कुनै प्रभावकारी उपचारबिना कोभिड–१९ मौसमी रोग बन्न सक्छ र सन् २०२५ सम्म हरेक वर्ष यसको संक्रमण फैलने सम्भावना छ ।

कोरोना किन मौसमी फ्लू बन्न सक्छ ? यो रोगको नाम कोभिड–१९ हो जुन सार्स कोव–2 नामको कोरोना भाइरसबाट फैलन्छ । कोरोना भाइरसको परिवारमा सार्स र मर्सजस्ता भाइरस पनि पर्छन् ।

सार्स २००२–०३ मा र मर्स २०१५ मा फैलिसकेको छ । यो परिवारमा दुई ह्युमन भाइरस पनि पर्छन् पहिलो HCoV-OC43 र दोस्रो HCoV-HKU1 ।

सार्स र मर्सजस्ता महामारीबाट चाँडै नै छुटकारा पाइएको थियो । जबकी HCoV भाइरस हरेक वर्ष चिसो मौसममा मानिसहरुलाई यसले संक्रमित गर्ने गर्छ ।

यसै भाइरसका कारण चिसो मौसममा रुघा–खोकी लाग्ने गर्छ । वास्तवमा कुनै पनि रोगबाट लड्नमा रोग प्रतिरोधी क्षमताले मद्दत गर्छ । कुनै व्यक्तिको रोग प्रतिरोधी क्षमता जति बलियो हुन्छ त्यति नै बलियोसँग यसले रोगसँग लड्न सक्छ ।

त्यसकारण जब हामी बिरामी हुन्छौं तब हाम्रो शरीर त्यो रोगसँग लड्नका लागि इम्युनिटी बनाउँछ र हामी ठिक हुन्छौं । अब पुनः HCoV बारे कुरा गरौं ।

हरेक वर्ष मानिसहरुलाई रुघा–खोकीजस्तो मौसमी रोगले ग्रस्त बनाउँछ । यसको अर्थ यो भयो कि यो भाइरससँग लड्नका लागि मानिसमा रोग प्रतिरोधी क्षमता निकै छोटो समयका लागि विकसित हुन्छ ।

यसै कारण हरेक वर्ष हामीलाई रुघा–खोकीले समाउँछ । यसै गरी यदि सार्स कोव–2 बाट लड्ने हाम्रो प्रतिरोधी क्षमता पनि छोटो समयका लागि भए यो भाइरस हाम्रो जीवनको हिस्सा बन्ने सम्भावना छ ।

यो हरेक वर्ष फर्कन पनि सक्छ । अर्थात्, कोरोनाभाइरस वा कोभिड–१९ सिजनल फ्लू बन्ने सम्भावना छ । सन् २०२५ सम्म पनि यो रोग रहन सक्ने हार्वर्ड विश्वविद्यालयको अनुसन्धानमा पाइए अनुसार यदि कोभिड–१९ का लागि प्रतिरोधी क्षमता विकसित भएपनि यो रोग पूर्ण रुपमा समाप्त हुन २०२५ सम्मकोे समय लाग्नेछ ।

यद्यपि, यो कुराको पनि सम्भावना पनि कम छ किनभने दक्षिण कोरियामा १११ व्यक्ति जो कोरोनाभाइरसको संक्रमणबाट ठिक भएका थिए उनीहरु पुनः संक्रमित भएका छन् ।

कोरोनासँग लड्नका लागि धेरै देशमा लकडाउन र सामाजिक दुरीजस्ता तरिका अपनाइरहेका छन् । तर वैज्ञानिकका अनुसार लकडाउनले पनि कोरोनाको संक्रमण समाप्त गर्न सकिन्नँ ।

वैज्ञानिकले भने, ‘लकडाउन गरेर कोभिड–१९ फैलने गती केही दिनका लागि कम गर्न वा रोक्न सकिन्छ तर लकडाउन खुल्ने बित्तिकै पुनः यसको संक्रमण फैलन सक्छ ।

त्यसकारण जबसम्म कोभिड–१९ को कुनै प्रभावकारी उपचार वा भ्याक्सिन आउँदैन तबसम्म यसबाट बच्ने एकमात्र तरिका हो – सामाजिक दुरी ।

हार्वर्ड युनिभर्सिटी डिपार्टमेन्ट अफ इम्युनोलोजी एण्ड इन्फेक्सियरका अनुसन्धाता तर यो शोधलाई नेतृत्व गर्ने आर्थर स्टीफन किसलेरका अनुसार कोभिड–१९ बाट बच्नका लागि हामीले कम्तीमा २०२२ सम्म सामाजिक दुरी स्थापित गर्नुपर्छ । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्