पैदलै हिँड्नेहरुको पीडाले सरकारलाई छुँदै छुँदैन : बाबुराम भट्टराई



०६ वैशाख २०७७, काठमाडौं

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भोकै पैदल हिँड्नेहरुको पीडाले सरकारलाई छुँदा पनि नछोएको टिप्पणी गरेका छन् ।

डा. भटट्राईले शुक्रबार आफ्नो भेरिफाइड् ट्वीटर ह्याण्डलमा लेख्दै यस्तो टिप्पणी गरेका हुन् । यस्तै उनले संसद, अदालत र मिडियाले श्रमिकबारे बारम्बार आदेश दिँदा र आवाज उठाउँदा पनि सरकारले नसुनेको उल्लेख गरेका छन् ।

“सरकारको गति न ह…न बाटो छोड्छ भने जस्तो भयो । मिडिया, सांसद, अदालत सबै चिच्याउँदा पनि लम्बे यात्रामा भोकै पैदल हिँडेका श्रमिकहरूको पीडाले यसलाई छुँदैछुँदैन ।” सयौं श्रमिक राजधानीबाट सयौं किलोमिटर पैदल हिँडेर घरतर्फ गइरहेको अवस्थालाई इङ्गित गर्दै भट्टराईले लेखेका छन्,

लकडाउन् लम्बिएसँगै राजधानीबाट देशका विभिन्न ठाउँमा धेरै मानिसहरु हिँडेर गइरहेका छन् । पैदलै हिँडेकाहरुलाई खाना र सुत्नका साथै यातायातको उचित प्रबन्ध नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

|फाइल तस्वीर| 

प्रतिक्रिया दिनुहोस्