लकडाउनका कारण छायांकन हुन नपाएपछि आलियाको ‘गंगुबाइ काठियावाडी’ को ६ करोडको सेट नष्ट हुदैँ



०६ बैशाख २०७७, काठमाडौँ

लकडाउनका कारण छायांकनमा रहेका सम्पूर्ण बलिउड चलचित्रको छायांकन रोकिए । लकडाउनका कारण बलिउडलाई निकै घाटा लागेको छ । यस्तै आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र गंगुबाई काठियावाडी को छायांकन पनि रोकिएको छ ।

गंगुबाइ काठियावाडी को लागि ६ करोडको सेट तयार गरिएको थियो । तर अब उक्त सेट नष्ट गर्न लागिएको भारतीय मिडियाले बताएको छ । गंगुबाइ काठियावाडी को सेट बलिउड चलचित्रमा महंगो रकम खर्च गरेर बनाइएको सेटमध्ये एउटा थियो ।

जहाँ चलचित्रको छायांकन हुन बाकिँ नै थियो । तर अब उक्त सेट नष्ट हुने भएको खबर बाहिरिएकाले चलचित्रका निर्देशक सञ्जय लिला भन्सालीमा यतिबेला तनावमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्