धुर्मुस सुन्तलीको कोरोनाविरुद्ध अर्को चेतनामूलक भिडियो



०६ बैशाख २०७७, काठमाडौँ

लकडाउनका कारण यतिबेला सबैजना घरमा आफ्नो परिवारसँग समय बिताइरहेका छन् । तर सामाजिक अभियान्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) भने लकडाउनको समय त्यसै बसिरहेका छैनन् ।

उनीहरुले बेला बेलामा कोरोनाको सन्देश फैलाउने खालको भिडियो सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन् । केहीसमय अघि उनीहरुले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेका थिए । जहाँ अहिलेको समयमा प्रहरी र स्वास्थ्यकर्मीले जनताका लागि गरेको कामलाई देखाइएको छ ।

अहिले फेरि उनीहरुले एक भिडियो बनाएर फेसबुकमा हालेका छन् । जहाँ उनीहरुले अहिलेको समयमा हिडेर गाउँ फर्किरहेका मानिसको कथालाई देखाएका छन् ।

शहरमा जीविकोपार्जन गर्न गार्हो भएपछि आफ्नो गाउँ फर्किरहेकाहरुको व्यथा र पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यताको कथा पनि भिडियोमा देखाइएको छ ।

भिडियो फेसबुकमा शेयर गर्दै सिताराम कट्टेलले लेखेका छन् – “बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ, हेरेर सक्दो सेयर गरिदिनु होला है” ।

प्रतिक्रिया दिनुहोस्