०६ बैशाख २०७७, काठमाडौँ
चलचित्र २ नम्बरी को छायांकनको लागि करिब २ महिना अगाडी नेपाल आएकी थिइन्, भुटानी अभिनेत्री उगेन छोदेन । २ नम्बरी को छायांकन सुरु भएको केहीदिन पछि नै कोरोनाका कारण नेपाललाई लकडाउन गरियो ।
लकडाउनका कारण उनी नेपालमै थुनिन बाध्य भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो देश र आफन्तलाई निकै मिस गरिरहेको बताएकी छिन् । उनै भुटानी नायिका उगेन आज आफ्नै देश भुटान फर्किएकी छिन् ।
उनलाई लिन भुटानबाट विमान आएको थियो । उगेनले नै आफू भुटान फर्किएको जानकारी दिएकी हुन् । उगेन भुटान फर्किएपनि आफ्नो परिवारसँग भेट्न पाउने छैनन् । उनलाई २१ दिनसम्म क्वारेन्टाइनमा नै राखिने छ । उनी अब २१ दिनसम्म एक होटलमा बस्नेछिन् । त्यसपछि मात्र आफ्नो परिवारसँग भेट्न पाउनेछिन् ।