०६ बैशाख २०७७, काठमाडौँ
यतिबेला कोरोनाबाट पुरा विश्व त्रसित छ । विश्वको २१० देशमा महामारीको रुपमा फैलिएको कोरोनाबाट नेपाल पनि अछुतो हुने कुनै भएन । यस्तै कोरोनाको त्रास नेपालमा पनि भएकाले सरकारले यतिबेला नेपाललाई लकडाउन गरेको छ ।
जसका कारण दैनिक मजदुरी गरेर गुजारा चलाउने मजदुरहरु समस्यामा परेका छन् । सेलिब्रेटीहरुले समस्यामा परेका व्यक्तिहरुलाई सकेको सहयोग गरिरहेका छन् । कोरोनाका कारण समस्यामा परेका मजदुरहरुलाई कलाकार बल्छी धुर्बे ले पनि सहयोग गरेका छन् ।
बल्छी धुर्बे अर्थात मरिचमान श्रेष्ठले विगत १० बर्षदेखि काठमाडौँमा मजदुरी गरेर गुजारा चलाउँदै आएका बनस्थलीमा बस्ने एक मजदुरको परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । बल्छी धुर्बे आफै उक्त मजदुरको घरमा खाद्यान्न लिएर पुगेका थिए ।