०६ बैशाख २०७७, काठमाडौँ
नायिका करिश्मा मानन्धरले केहीसमय अघि सामाजिक सञ्जालमा दर्शकले कोरोना पिडितलाई कलाकारले सहयोग गरेनन् भनेपछि हरेक कुराको जिम्मा कलाकारले नलिएको बताएकी थिइन् । उनको यस्तो भनाईका कारण उनी निकै विवादमा समेत परिन् ।
धेरैले उनी घमण्डी भएको भन्दै गाली समेत गरेका थिए । उनै करिश्माले कोरोनाका कारण समस्यामा परेका आफ्ना घर नजिकै डेरामा बस्ने मानिसलाई सहयोग गरेकी छिन् ।
उनले केही समस्या परे मानन्धर निवास आउनु भनेर घोषणा गरेपछि केही व्यक्ति उनको घरमै पुगे । उनले केहीलाई समयोग गरिन् भने केहीलाई भोली आउनुस् भन्दै फर्काइदिइन् । करिश्माले सहयोग गरेपछि उनलाई गाली गर्ने दर्शक नै उनको तारिफ गरिरहेका छन् ।