०६ बैशाख २०७७, काठमाडौँ
लकडाउनका कारण गायिका आस्था राउत घरमा परिवारसँग समय बिताइरहेकी छिन् । उनले अहिले फुर्सदिलो भएका कारण घरमा आमालाई सघाउने र फुलबारीमा पानी हाल्ने गरेको बताएकी छिन् ।
आस्थाले लकडाउनले आफूलाई भने खासै फरक नपरेको बताएकी छिन् । किनकी अरु समयमा पनि कामबाहेक उनी घरबाट त्यति बाहिर निस्कन्थिन् ।
उनी भन्छिन् – “मलाई त लकडाउन भए नभएको पत्तै हुदैन । किनभने म अरु बेला पनि घरबाट बाहिर कहिल्यै निस्कने मान्छे होइन । काम पर्दा मात्र बाहिर निस्कने हो” । उनी आफुलाई तन्दुरुन्त राख्नका लागि र आत्मवल बढाउनका लागि पनि मेडिटेसनमा जोड दिन्छिन् । उनका अनुसार यसले रोगसँग लड्ने क्षमता बढाउँछ । उनि आफुले पनि यसलाई निरन्तरता दिइरहेको बताइन् ।
साथै उनले घरमा बसेर कोरोनासँग लड्न दर्शकलाई आग्रह गरेकी छिन् । उनले अहिलेको समयमा सरकारको नियमलाई पालना नगरे आफैलाई नोक्सान हुने र पछि यसले ठूलो रुप लिनसक्ने भएकाले सबैलाई घरमै सुरक्षित रहन आग्रह गरेकी छिन् ।