०६ बैशाख २०७७, काठमाडौँ
अर्जुन कपुर र मलाइका अरोरा पछिल्लो समयमा बलिउडका चर्चित जोडी हुन् । यी दुई केही समयदेखि एकअर्काको प्रेममा छन् ।
यस्तै यतिबेला कोरोनाका कारण समस्यामा परेका मजदुरहरुलाई भारतीय सेलिब्रेटीहरुले सहयोग गरिरहेका छन् । अर्जुनले पनि केहीदिन अघि केही मजदुरहरुलाई खाना खुवाएर सहयोग गरेका छन् ।
सोही समयमा उनलाई केही फ्यानले मलाइकासँगको उनको विवाहबारे प्रश्न गरेका थिए । जहाँ अर्जुनले रमाइलो पारामा जवाफ दिए । अर्जुनले यस्तो माहोलमा विवाह कसरी गर्ने भन्दै जवाफ दिए । त्यसपछि उनलाई फ्यानले त्यस विषयमा प्रश्न नै गरेनन् ।