मृत्युको देश बनेको अमेरिकामा पलायो झिनो आशा, आज मृत्युमा केहि राहत, पछिल्लो २४ घण्टाको अपडेट



०७ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।हिजोको तुलनामा आजको मृत्यु  झण्डै ७ सय कम हो ।  हिजो २ हजार ४ सय ९८ जना बढीले ज्यान गुमाएका थिए ।

एकैदिन २८ हजार ९ सय ६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६ सय ९७ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ५ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ भने ६८ हजार २ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्