छिमेकी मुलुक भारतको पछिल्लो २४ घण्टाको कोरोना अपडेट



०७ बैशाख २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ ।

एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् भने १२ हजार ७३८ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्