विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ नाघ्यो, कुन देशमा कती (अपडेट)



०७ बैशाख २०७७, काठमाडौं

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । त्यस्तै संक्रमितको संख्या २३ लाख ३० हजार ७८१ पुगेको छ । संक्रमितमध्ये ५ लाख ९६ हजार ४८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १५ लाख ७३ हजार ५५२ जनाको उपचार भइरहेको छ । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था गम्भीर छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ८१ हजार २८७ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ५०५ जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ ।हिजोको तुलनामा आजको मृत्यु  झण्डै ७ सय कम हो ।  हिजो २ हजार ४ सय ९८ जना बढीले ज्यान गुमाएका थिए । एकैदिन २८ हजार ९ सय ६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६ सय ९७ बढी पुगेको छ । संक्रमितमध्ये १३ हजार ५ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ भने ६८ हजार २ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा ४८२ जनाले ज्यान गुमाएसँगै  ज्यान गुमाउनेको संख्या २३ हजार २२७ भन्दा धेरै पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १ लाख ७५ हजार ९२५ पुगेको छ । संक्रमितमध्ये ४४ हजार ९२७ जना उपचारपछि निको भएका छन् । २ हजार ७३३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६३७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २० हजार ६३९ पुगेको छ । त्यस्तै एकैदिन ३ हजार ५७७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ९४ हजार ४१६ पुगेको छ । संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८८८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ । त्यस्तै एकै दिन ५ हजार ५२५ जना संक्रमित भएसँगै  संक्रमितको संख्या १ लाख १४ हजार २१७ पुगको छ । संक्रमितमध्ये ८९ हजार ४०४ जनाको उपचार भइरहेको छ भने १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् भने १२ हजार ७३८ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्