०७ बैशाख २०७७, काठमाडौँ
बलिउडक अभिनेत्री ज्याकलिन फर्नान्डेज लकडाउनका कारण यतिबेला घरमै समय बिताइरहेकी छिन् । तर घरमै बसेपनि उनले फिटनेशमा भने निकै ध्यान दिएकी छिन् ।
उनी नियमित व्यायाम गर्ने गर्छिन् । लकडाउनका कारण उनले आफ्नो फिटनेशमा अझ धेरै ध्यान दिन पाएकी छिन् । अरुबेला व्यस्तताका कारण व्यायाम गर्ने त्यति समय उनीसँग हुदैँनथ्यो । तर अहिले फ्रि भएका कारण उनले आफ्नो धेरै समय व्यायाम गरेर नै बिताउने गरेको बताएकी छिन् ।
उनले हालै सामाजिक सञ्जालमा एक भिडियो साझेदार गरेकी छिन् । जहाँ उनी व्यायाम गरिरहेकी छिन् । साथै उनले अरुलाई पनि फिट रहन र सुरक्षित रहने आग्रह गरेकी छिन् ।