०७ बैशाख २०७७, काठमाडौँ
लकडाउनका कारण पूर्व मिस नेपाल श्रृखंला खतिवडाले धेरै समयपछि परिवारसँग समय बिताउन पाएको बताएकी छिन् । अहिले श्रृखंलाले आफ्नो पुरा समय परिवारलाई दिइरहेकी छिन् ।
लकडाउनका कारण अरु सामाजिक सञ्जालमा ज्यादा व्यस्त भैरहेका छन् । तर श्रृखंलाले भने लकडाउन भएदेखि सामाजिक सञ्जालमा कम सक्रिय देखिन थालेकी छिन् । उनी अत्यावश्यक काम बाहेक अरुबेला त्यति अनलाइन आउन गर्दिनन् ।
श्रृखंला आफ्नो दिन वेद र भागवद्का पुस्तकहरु पढेर बिताइरहेकी छिन् । साथै उनी कहिलेकाहि चलचित्र पनि हेर्ने गर्छिन् । शान्त स्वभावकी श्रृखंलालाई भगवानप्रति निकै आस्था रहेको छ । जसका कारण उनी वेद, भागवद गीता पढिरहेकी छिन् ।