०७ वैशाख २०७७, काठमाडौं
सरकारले घोषणा गरेको ‘लकडाउन्’ले समस्यामा परेकाहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव सुवास केसी र एबीसी टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘इन्द्रेणी’ कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले पीडितहरुलाई राहत वितरण गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)का संक्रमितहरु नेपालमा पनि बढ्दै गएपछि गत ११ चैतदेखि सरकारले ‘लकडाउन्’ घोषणा गरेको छ । दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने गरिब तथा अति विपन्न परिवारहरुलाई महासचिव केसी र कार्यक्रम सञ्चालक कँडेलको संयोजकत्वमा रातव विरतरण गरिएको हो ।
‘लकडाउन्’को बेला भोकमरीमा परेका, घर जान नपाई काठमाडौंमा बसेका संगीतकर्मी तथा कलाकारहरुलाई लक्षित गर्दै केसी र कँडेलको संयोजकत्वमा रात वितरण भइरहेका छ ।
कलाकारिता गर्दै काठमाडौंलाई कर्मथलो बनाउने र कलाकारिताबाटै आर्थिक उपार्जन गर्ने व्यक्तिहरुलाई विशेष प्राथमिकतामा राखेर राहत वितरण गरिरहेका प्रतिष्ठानले जनाएको छ ।
राहत वितरणको कार्यक्रम अझै जारी रहेको प्रतिष्ठानका केसीले जानकारी दिए । साथै केसीले राहत वितरण कार्यमा कसैको पनि फोटो नखिच्ने र राहत मात्र बितरण गर्ने नियम बनाइएको बताए ।
|तस्वीरमा केसी र कँडेल। फाइल तस्वीर|