०७ वैशाख २०७७, काठमाडौं
उपप्रधानमन्त्री तथा कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले सडकमा अलपत्र परेकाहरुलाई व्यवस्थापन गर्न अदालतको आदेश आवश्यक नपर्ने टिप्पणी गरेका छन् ।
‘लकडाउन्’का कारण हिँडेर घर जान लागेकाहरुलाई तत्काल घर पुर्याउन सर्वोच्च अदालतले दिएको आदेशप्रति लक्षित गर्दै उनले सरकारलाई त्यस्ता आदेशको आवश्यकता नपर्ने बताएका हुन् ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले सरकारले आफ्नो काम र जिम्मेवारी जानेकोले कुनै आदेश दिइरहनु नपर्ने टिप्प्णी गरे ।
उनले अदालतको आदेशप्रति सरकारलाई चासो नभए आशय पनि व्यक्त गरे । उनले हिँडेर घर जानेहरुलाई नै दोषारोपण गरे । सरकारलाई जानकारी नदिई हिँड्नु गलत भएको उनले आरोप लगाए ।
‘आफ्नो सुरले घर जानु आफैँमा गल्ती हो, तर आफ्नै सुरले गएपनि उनीहरुको जिम्मा सरकारले लिन्छ’, उनले भने । उपप्रधानमन्त्री पोखरेलले सडकमा अल्पत्र परेकालाई हिजो र आजमा आ-आफ्ना घरमा पुर्याई सकिने र भोलीदेखि सडकमा कोही पनि नदेखिने समेत दावी गरे ।
|तस्वीरमा मन्त्री पोखरेल। फाइल तस्वीर|